नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी,

हेटौंडा खबर
April 8th, 2022

नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ।

डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ताधारी गठबधनका अध्यक्षका उम्मेदवार घिमिरेले ७१३ मत बढी ल्याइएर अधिकारी नेतृत्वको प्यानललाई पराजित गरेको बारका नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष तिवारी जानकारी दिए।

मतगणनाको औपचारिक परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*