पशुपति क्याम्पसमा पढ्ने २७ वर्षीया युवती मृत फेला

हेटौंडा खबर
April 8th, 2022

पशुपति क्याम्पसका बीए तेस्रो वर्षमा अध्ययनरत युवती मृत फेला परेकी छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका-२ की २७ वर्षीया नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको छ ।

अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । उनको बिहीवार गोकर्णेश्वर नगरपालिका–३ जगडोलको वन कार्यालय नजिक शव फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*