स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु

हेटौंडा खबर
April 10th, 2022

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सम्मेलन सुरु भएको हो । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा जनस्वास्थ्यविद्, अनुसन्धानकर्ता तथा विज्ञहरुको सहभागिता छ ।

परिषद्का अनुसार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा ३१ जना देशभित्रका र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्यासँग सम्बधित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य बायोमेडिकललगायत विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानमूलक कार्यहरु पेश हुने परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले जानकारी दिए । सम्मेलन चैत २९ गतेसम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*