चुनावमा आपसी सहकार्य गर्न सत्ता गठबन्धनको अपिल

हेटौंडा खबर
April 11th, 2022

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावमा आपसी तालमेल गर्नका लागि आ-आफ्ना पार्टीका नेता-कार्यकर्तालाई अपिल गर्ने निर्ण गरेको छ। प्रधानमन्‍त्री निवास बालुवाटारमा आज बसेको बैठकले ”विगतका कुरा बिर्सेर लोकतन्त्रलाई फराकिलो बनाउन आपसी सहकार्य गर्ने” निर्णय गरेको हो।

बैठकमा प्रधानमन्‍त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडल सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*