हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

हेटौंडा खबर
April 11th, 2022

हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ नामक योजना सार्वजनिक गरेको हो।

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर छुट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांन र स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर छुट प्रदान गर्नेबारे समेत योजनामा उल्लेख छ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपालभरी १६ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्छ। नेपालमा समेत हुन्डाईले राम्रो बजार पाइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*