२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो
हेटौंडा खबर
April 11th, 2022
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ ।
आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

