करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडा खबर
April 12th, 2022

सर्लाही सदरमुकाम मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुने मलंगवा नगरपालिका वडा नं. १०का ३६ वर्षीय अबधेश साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।आफ्नै घरको ह्याण्ड पाइपमा जडान गरिएको मोटरबाट विद्युत प्रवाह भई साहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

मोटर जडान गरिएको ह्याण्ड पाइप चलाउन जादाँ साहलाई करेन्ट लागेको हो।
मृतक साहको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*