यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध

हेटौंडा खबर
April 13th, 2022

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् ।

यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए ।

महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।यसैगरी, महासंघको महासचिवमा डेकनाथ गौतम, उप–महासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा अर्जुन गौतम, वर्गीय संयोजकहरू प्रकाश तिवारी, रामप्रसाद घिमिरे, रामसुन्दर परियार, प्रदेश संयोजकमा केदार पौडेल, केन्द्रीय सदस्यहरूमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*