सेयर कारोबार अवधिभर फ्लोरसिट हेर्न नपाइने, ब्रोकर डिस्प्ले पनि खुला गर्न निर्देशन

हेटौंडा खबर
April 13th, 2022

नेपाल धितोपत्र बोर्डले सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ ।

उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

यता, बोर्डले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गरी ‘स्क्रिन एग्जिविसन रुम’ (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

लगानीकर्ताले अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् । कोरोना महामारी फैलिएपछि भिडभाड नहोस् भन्ने उद्देश्यसहित ब्रोकरहरुको स्क्रिन एग्जिविसन कक्ष बन्द रहँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*