शिवम् सिमेन्टको सर्वाधिक रू. ४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

हेटौंडा खबर
April 13th, 2022

साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ धितोपत्रमध्ये शिवम् सिमेन्टको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू.४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९८९ दशमलव ५० मा कारोबार भइरहेको छ ।यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ०६ अंक बढेर २ हजार ३९४ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्ममा कुल रू.७४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*