उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

हेटौंडा खबर
April 17th, 2022

उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको जनाएको छ। जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि हुने उत्तरले जनाएको छ।

विशेषज्ञहरुका अनुसार यो नयाँ खालको मिसाइल सानो परमाणु हतियार लैजान सक्षम छ र यसबाट उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरेको छ। दक्षिण कोरियाका सेनाले शनिबार राति उत्तर कोरियाको तर्फबाट समुद्रबाट दुई मिसाइल हानेको पुष्टि भएको जनाएको छ।

शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल-संगको जयन्तिको अवसरमा यस्तो गरिएको दक्षिणका अधिकारीहरुले अनुमान गरेका छन्। आइतबार उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले किम जंग उनले नयाँ प्रणालीको परीक्षण अवलोकन गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*