हेटौंडा आएर ओलीले भने बिरोध खतिवडा जति खाएपनि नपुग्ने अगस्त्य ऋषि जस्तो !

हेटौंडा खबर
May 1st, 2022

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्त्यजस्तो अनुहार भएको भन्दै जति खाएपनि नपुग्ने ऋषि जस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरेका छन्  ।

अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले चुनावका मुखमा अर्बौ रकम पर्ने औषधी उपकरण कमिसन चाहिएर खरिद गर्न लागेको आरोप लगाए ।

उनले भने ‘अगस्त्य ऋषि जस्ता स्वास्थ्य मन्त्री छन्, जति खाए पनि नपुग्ने’, । ‘ तिनलाई औलो समातेर हिड्न सिकाउने नै एमाले हो,  एमालेकै पालामा मैले ५ हजार तिरेर खोप लगाएको भन्दै दिउसै रेडियो टिभीमा बोल्दै हिड्ने उनी हुन्’ उनले भने ।

ओलीले गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको बताए । ‘अहिलेको सरकार खान जन्मेको हो । देशलाई विकास गर्न होइन, कंगाल बनाउन जन्मेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*