हेटौंडाले पहिलो पटक महिला मेयर पाउने अवसर छः ईन्द्र बानियाँ

हेटौंडा खबर
May 2nd, 2022

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताएका छन् ।

हेटौंडा–१८ मा भएको चुनावी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै बानियाँले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला नेतृत्व आउने अवसर रहेको बताएका हुन् ।

उनले गठबन्धनबाट मेयर पदकी उम्मेदवार यसअघि उपमेयर भई जनताको मन जितेकाले मेयरको नेतृत्व दिईएको बताउँदै पहिलो पटक महिला र जनजातिको छोरीले उपमहानगरपालिकामा जनताको सेवा गर्ने अवसर रहेकाले सबैलाई मतदानका लागि आग्रह गरे ।

एमालेबाट मेयरमा निर्वाचित हरिबहादुर महतलाई एमालेले नै असक्षम भनेर टिकट नदिएको तर काम गरेकी सशक्त र पढेलेखेकी नेतृ लामालाई गठबन्धनले अघि सारेको उनले बताए । उनले उपमेयर हुँदा निस्कलंक जनप्रतिनिधिको रुपमा चिनिएकी र लोकप्रिय भएर वडामा जितेर कामबाट आफुलाई चिनाएका राजेश बानियाँलाई उपमेयरको जिम्मेवारी दिएको बताए ।

गठबन्धनले निस्कलंक उम्मेदवार उठाएकाले हेटौंडामा गठबन्धनको विजय सुनिश्चित रहेको उनको दावी थियो । गठबन्धनका मेयरदेखि वडाका उम्मेदवारले भ्रष्टचार नगर्ने र जनताको काम मात्रै गर्ने बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*