भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउँदै

हेटौंडा खबर
May 3rd, 2022

भारतीय प्रधानमन्त्री नरेन्द्र मोृदी नेपाल भ्रमणमा आउने भएका छन्।

आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउने र गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय सञ्चारमाध्यम द हिनदुले जनाएको छ।

भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ। त्यसअघि उनी सन् २०१९ मा नेपाल भ्रमणमा आएका थिए।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको करिब एक महिनापछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले गत चैत १८ गतेदेखि तीनदिने भारत भ्रमण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*