मतदाताको अधिकारप्रति सचेत हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह

हेटौंडा खबर
May 3rd, 2022

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल संचारमाध्यम भएको बताएका छन्।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन संचारमाध्यमलाई आग्रह गरेका हुन्।

प्रमुख आयुक्त थपलियाले नागरिकको प्रतिनिधि छान्न पाउने अधिकारप्रति सचेत गराउँदै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र संचार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे।

उनले सामाजिक संजालको प्रयोग गर्दा पनि आचारसंहिता पालनामा जोड दिए।

भने, ‘निर्वाचनका समयमा सामाजिक संजालमा असामाजिक चरित्र प्रदर्शन गर्ने र अरुको चरित्रमा प्रश्न उठाएर आत्मसम्मानमा ठेस पुर्‍याउने काम गर्नु अमानवीय हो। त्यसैले संजालहरुमा मिथ्या सूचना, भ्रमपूर्ण सूचना र द्वेशपूर्ण अभिव्यक्ति नदिन हामी सबै प्रतिबद्ध होऔँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*