त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु
हेटौंडा खबर
May 4th, 2022
त्रिुभवन विमानस्थलमा उडान सुरु भएको छ।
‘फोन गरेर बम राखेका छौँ भन्ने थ्रेट आएको थियो’, महानिर्देशक ठाकुरले भने, ‘शंकास्पद ठाउँ सर्च गर्दा केही नभेटिएपछि उडान सुचारु भएको छ।’
अहिले अवरुद्ध भएका उडानको समय सरेको छ।दिउँसो १ बजेसम्मको उडान भएका यात्रुलाई भित्र पठाउन थालिएको छ।
यसअघि शंकास्पद वस्तुको सूचनापछि विमानस्थलले सेवा रोकेको थियो।
सेना र प्रहरीकाे बम डिस्पोजल टोलीले खोज अनुसन्धान गर्दा केही नभेटिएपछि सेवा पुन: सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ। योसँगै मोफसलका विमानस्थलबाट काठमाडौंका लागि विमानहरु उड्ने तयारी गरिरहेका छन्।


