भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न काँग्रेसको निर्देशन

हेटौंडा खबर
May 4th, 2022

नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्न भनेका हुन् ।

साथै काँग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ ।

‘निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन÷महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*