सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक

हेटौंडा खबर
May 4th, 2022

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ ।

बिहीबार सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । सरकारले आइतबार शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि स्वस्थ्य क्षेत्रले निर्णय लिन सकेको छैन ।

मन्त्रालयमा यसबारे दिउँसो १ बजे पेशागत संगठनका प्रतिनिधि र अस्पतालका निर्देशकहरू बोलाइएको र त्यही बैठकबाट निर्णय लिइने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*