कोभिड १९ का नयाँ भेरियन्टका लागि पनि अहिलेकै खोप प्रभावकारी

हेटौंडा खबर
May 5th, 2022

विश्व स्वास्थ्य संगठनले कोभिड १९ का अरु नयाँ भेरियन्टहरुलाई पनि अहिलेका कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

यस्तै, विश्वमा कोभिड १९ का संक्रमितहरुका संख्या पनि घट्दै गएको पाइएको छ । गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिड १९ का कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

यो मृत्युदरमा भएको कमी पनि कोभिड १९ का विरुद्धको खोपकै कारण भएको संगठनको भनाइ छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिड १९ को ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*