मेडिकल काउन्सिलमा पनि जेठ १ गतेदेखि आइतबार बिदा हुने

हेटौंडा खबर
May 6th, 2022

सरकारको निर्णय अनुसार नेपाल मेडिकल काउन्सिलले पनि आइतबार बिदा दिने भएको छ। काउन्सिलले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।

काउन्सिलले आइतबार र शनिबार बाहेक अन्य दिनमा कार्यालय समय सरकारकै निर्णय अनुसार बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म खुला रहने जनाएको छ।

सरकारले जेठ १ गतेदेखि सरकारी कार्यालयहरु सातामा दुई दिन आइतबार र शनिबार बिदा दिने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*