सानेपामा बसेको गठबन्धनको बैठकले गर्‍यो चार निर्णय

हेटौंडा खबर
May 6th, 2022

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ  । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो ।

गठबन्धनका साझा उम्मेदवारविरुद्ध गठबन्धनभित्रकै दलबाट दिएका उम्मेदवारी निष्क्रिय आवश्यक पहल गर्न नेतृत्व समक्ष गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच असमझदारी सिर्जन भए आपसी समन्वयमा समस्या तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने पनि निर्णय गरेको छ।

गठबन्धनमा रहेका दलका सचिवालय पदाधिकारी र सदस्यहरू सहभागी बैठकले बागी उम्मेदवारलाई निष्क्रिय गराउनका लागि आवश्यक पहल गर्न सम्बन्धित दलले नेतृत्व समक्ष आग्रह गर्ने निर्णय गरेको छ। काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय संयोजक नानु बाँस्तोलाको अध्यक्षतामा बसेका बैठकमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय, एकीकृत समाजवादीका लक्ष्मण केसी, जसपाका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*