स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

हेटौंडा खबर
May 6th, 2022

स्थानीय तह सदस्य निर्वाचन (वैशाख ३०) मा सामाजिक सञ्जालको दुरुपयोग नगर्न नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले अनुरोध गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा ब्यूरोले सो अनुरोध गरेको हो।

ब्यूरोका प्रवक्ता नबिन्द अर्यालका अनुसार ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा चुनावि माहोल बिगार्ने उदेश्यले भ्रामक, दुष्प्रचारदेखि चरित्रहत्या हुने गरी अडियो भिडियो प्रकाशन/प्रसारण नगर्न ब्यूरोले आग्रह गरेको हो । साथै लिखित अभिव्यक्तिलाई दुराशय मनसायबाट गलत अर्थ लाग्ने गरी इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरीएको उनले बताएका छन्रे।

सामाजिक सञ्जाल तथा विद्युतिय सञ्चार माध्यम मार्फत सम्प्रेषण गर्न नहुने भनी रोक लगाएका सार्वजनिक, नैतिकत, शिष्टाचार विरुद्धका सामग्री पोष्ट गर्ने, सेयर गर्ने तथा प्रकाशन नगर्न ब्यूरोले अनुरोध गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*