निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख क्षतिपूर्ति पाउने

हेटौंडा खबर
May 8th, 2022

चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएका सरकारले २० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले मतदानलाई शान्तिपूर्ण बनाउन खटिने सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्दै उनीहरुलाई सरकारले पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।

सरकारले निर्वाचनको पाँच दिन रहँदा सबै क्षेत्रमा सुरक्षाको व्यवस्था मिलाइसकेको छ। निर्वाचनका लागि सरकारले नेपाल प्रहरी ,शशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनालाई समेत परिचालन गर्न नीति बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*