हेटौंडा आएर राजेन्द्र लिङ्देनले भने : धुरीको झण्डा देखाएर एमालेमै छौं भन्नु तर भोट ‘हलो’मा हाल्नु

हेटौंडा खबर
May 8th, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वर्षदेखि मुलुक हाकेको पार्टीहरुले भष्ट्राचारलाई सस्थागत बनाएको आरोप लगाएका छन् । हेटौंडामा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देशको सबैभन्दा ठुलो शत्रु भष्ट्राचार भएको बताए ।

उनले राप्रपाले चुनाव जिते देश भष्ट्राचार मुक्त बनाउने बताउदै यो निर्वाचनमा राप्रपालाई भोट हाल्न आग्रह गरे । कमल थापाको गृह नगर समेत रहेको हेटौंडामा आएर उनले कांग्रेस एमाले जुनसुकै पार्टीको भएपनि खुसुक्क भोट हलोमा हाल्न आग्रह गरे ।

उनले भने,’ तपाई कांग्रेस, एमालेमै बसिराख्नुस कोई बात छैन, नेताहरु आउदा आफ्नो घरको धुरीमा राखेको झण्डा देखाउदै सुर्य मै छौं भन्नु तर भोट भने हलोमा हाल्नु’ ।

उनले यो चुनावमा एमाले, कांग्रेसको भोटको बाकस खाली गर्दिनुपर्ने बताए ।उनले एमाले,कांग्रेस,माओबादीलाई जति चोटी भोट दिएपनि देश नबन्ने धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*