निर्वाचन आयोगले पुर्वप्रमुख आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिएन

हेटौंडा खबर
May 10th, 2022

निर्वाचन आयोगले आयोगकै पुर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको अनुमति नदिने भएको छ ।

यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको कारण आयोगले उनको नाम पर्यवेक्षकको रुपमा अस्विकृत गरेको हो ।

उनी दलमा आवद्ध रहेको जानकारी पाएलगत्तै आयोगले अनुमति नदिएको आयोगले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले पुर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ट श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमति दिँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*