बागमतीका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

हेटौंडा खबर
May 13th, 2022

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गरेका छन्।

त्यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरेका छन्।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको अमलाचौर र नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका दल नेता दीनानाथ शर्माले पनि सोही स्थानबाट मतदान गरेका छन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दीबास नगरपालिका–३ दुधेश्वरी प्रावि रजबासबाट मतदान गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*