स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरे मतदान

हेटौंडा खबर
May 13th, 2022

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मतदान गरेका छन् ।

उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगी ४ः३० बजे मतदान गरेका हुन् ।

विहान ७ बजेबाट सुरु भएको मतदान जारी छ । यसअघि पूर्व उपप्रधानमन्त्री कमल थापा, नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायत विभिन्न स्थानीय तहका उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।

जिल्लामा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्य ६ जना गरी २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका छन् । यस अघिको निर्वाचनमा २ लाख २७ हजार ७ सय ५९ थिए, अहिले ६७ हजार मतदाता थपिएका छन् ।

त्यस्तै हेटौँडामा ५० हजार ७ सय २५ जना पुरुष, ५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरी १ लाख ४ हजार ४७३ जना मतदाता  रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*