थाहा नगरपालिका अपडेट- १२ सय मतगणना हुँदा गठबन्धनको अग्रता
थाहा नगरपालिकामा मतगणना जारी छ ।
थाहा नगरपालिकाको वडा नम्बर-१ को १२ सय मतगणना हुदा प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओबादी केन्द्रका विष्णु बहादुर बिष्टले ६१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकालले ४१८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भारत गोपालीले ५७० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कल्पना बलामीले ४४६ मत प्राप्त गरेकि छन् ।
३२ हजार ३०७ मतदाता रहेको थाहा नगरपालिकामा जम्मा २३ हजार ५६ मत खसेको थियो । थाहामा प्रमुखपदका लागि ६ जना र उपप्रमुखका लागि ३ जना चुनावी प्रतिष्पर्धामा छन् ।

