मकवानपुरको ४२ वटा वडाको मतगणना सम्पन्न, २० वटामा कांग्रेस विजयी

हेटौंडा खबर
May 16th, 2022

मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाको जम्मा ४२ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

सोमबार विहानसम्म भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको भने पुरा नतिजा सार्वजनिक भइसकेको छ । यी दुई गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

भीमफेदीको अध्यक्ष हिदम लामा निर्वाचित भएका छन् भने इन्द्रसरोवरको अध्यक्षमा देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् ।

वडामा भने २० वटा वडामा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो भएको छ । यस्तै माओवादी केन्द्रले १३ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेका छन् । मकवानपुरमा १०२ वटा वडा रहेका छन् ।

नेपाली कांग्रेस विजयी भएको वडाहरुः

१) इन्द्रसरोबर–१ मा सुवास थापा
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
३) मकवानपुरगढी–१ मा आइत सिंह लो
४) मकवानपुरगढी –२ मा बखानसिं पाख्रिन
५) मकवानपुरगढी–७ मा सुर्यबहादुर रुम्ब
६) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
७) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
८) भीमफेदी–६ मा सोमबहादुर घलान
९) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली
१०) कैलाश–१ मा तेज बहादुर ब्लोन
११) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
१२) कैलाश–९ मा भुवनसिं घलान
१३) बकैया–११ मा गोपाल बहादुर नेसुर
१४) बकैया–१२ मा ज्ञानेन्द्र बजगाई
१५) मनहरी–१ मा शिव प्रसाद खनाल
१६) मनहरी–३ मा अनन्त अर्याल
१७) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
१८) थाहा नगरपालिका–६ मा राजेन्द्रभक्त श्रेष्ठ
१९) हेटौंडा–१ मा सविन न्यौपाने
२०) हेटौंडा–२ मा विष्णुगोपाल महर्जन

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः

१) थाहा–१ मा हेरमान गोपाली

२) थाहा–२ मा बमबहादुर सिंता

३) थाहा–३ मा हिरेन्द्र रायमाझी

४) थाहा–४ मा नारायण लामा

५) मनहरी–२ मा राजकुमार पाख्रीन

६) मनहरी–४ मा प्रकाश थापा

७) बागमती–१ मा यहुन्ना राई

८) भीमफेदी–३ मा पृति लाल लामा

९) बकैया–१ मा आशिश तितुङ

१०) बकैया–२ मा विश्वराज स्याङतान

११) कैलाश–३ मा देवलाल बल

१२) कैलाश–४ मा तिलक मुक्तान

१३) बकैया- ८ मा वीष्णु नेगी

नेकपा एमाले विजयी भएको वडाहरुः

१) राक्सिराङ–१ मा बाबीराम मुक्तान

२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन

३) भीमफेदी–२ मा काशी राम बज्यु

४) भीमफेदी–४ मा सागर पाण्डे

५) भीमफेदी–५ मा जाहारसिं लामा

६) भीमफेदी–८ मा बिष्णुबहादुर लामा

७) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन

८) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल

९) बकैया– ६ मा फुलबहादुर भोम्जन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*