हेटौंडाका विभिन्न वडामा कांग्रेसले जितेपछि पन्चेबाजासहित विजयी र्याली

हेटौंडा खबर
May 18th, 2022

हेटौंडाका विभिन्न वडाहरु जितेपछि नेपाली कांग्रेसले पन्चेबाजासहित विजय र्याली निकालेको छ ।

केहि बेर अघिको मतपरिणाम अनुसार हेटौंडा-६ मा कांग्रेसका विष्णु दाहाल विजयी भएका छन् भने हेटौंडा-१६ मा कांग्रेसका रामकृष्ण कोईरालाको जित निश्चित भैसकेको छ ।

त्यस्तै हेटौंडा-१७ मा कांग्रेसका उद्दव सत्याल जित नजिक पुगिसकेका छन् ।

यसअघि नेपाली कांग्रेसले हेटौंडा-१ , २, र ३ नम्बर वडामा जित हासिल गरिसकेको छ । वडामा कांग्रेसले जितेपछि कांग्रेसका नेता तथा कार्यकर्ताले अहिले हेटौंडाका विभिन्न वडामा पन्चेबाजासहितको विजयी र्याली निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*