मकवानपुर प्रहरीले फेला पार्यो ४ क्विन्टल २२ केजी गाँजा

हेटौंडा खबर
May 23rd, 2022

मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ जिल्लाको थाहा नगरपालिकाबाट प्रहरीले मिनिट्रकसहित ४ सय २२ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

थाहा नगरपालिका वडा नंबर ३ बायोखोला स्थित डाँडाबास-पालुङ सडकको छेउमा गएराति बेवारिसे अवस्थामा रोकी राखेको ना ६ ख ३२४३ नम्बरको मिनिट्रकबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोरा भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला परेको हो ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको र थप आवश्यक अनुसन्धान भईरहेकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*