हेटौंडामा चोरको बिगबिगी, पसल चोरी गर्दागर्दै एकजना पक्राउ

हेटौंडा खबर
May 27th, 2022

हेटौंडामा पसल चोरी गर्दा गर्दै एकजना चोर समातिएका छन् ।

हेटौंडा-१० फरेष्ट्री गेट नजिकै पसलको ताल्चा फोडेर चोरी गर्दै गर्दा एकजनालाई स्थानीयले पक्राउ गरेका छन् । फलामको रडले ताच्चा फोडेर पसलमा चोरी गरेपछि ति  व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । उनलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले उनको साथबाट चोरी गर्दा प्रयोग हुने हतियार तथा सामाग्रीसमेत बरामद गरेको छ ।

पछिल्लो समय हेटौंडामा दिउसै घर तथा पसलहरुमा चोरीको घटना बढ्दै गएको छ । दिउसो तथा रातको समयमा घर भित्र पसी मोबाइल, ल्यापटप तथा अन्य सामग्री समेत लगातार चोरी हुनेगरेको विभिन्न क्षेत्रका स्थानीयले बताएका छन् ।

हेटौंडाका विभिन्न टोलहरुमा चोरहरुको गिरोह नै सक्रिय रहेको र चोरको बिगबिगी बढे पनि प्रहरीले यसप्रति चासो नदेखाउदा यस्ता घटना तिब्र रुपमा टोलटोलमा फैलिएको स्थानीयहरु बताउछन् । यसप्रति प्रहरीले टोलटोलमा गस्ती बढाउने तथा निगरानी राख्नुपर्ने यहाँका स्थानीयको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*