हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाखभन्दा बढीको भौतिक क्षति

हेटौंडा खबर
May 29th, 2022

चितवनमा ६ जेठमा आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत् प्राधिकरणलाई मात्र ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा हावाहुरीले प्रभाव पारेको क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन ६ दिन लागेको छ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरमा असर पुर्‍याएको थियो। रूख ढलेर तार चुँडिएका थिए। पौडेलका अनुसार यस अवधिमा भौतिक क्षति मात्र ५० लाखभन्दा बढीको भएको हो। उनका अनुसार सेवा वितरण नहुँदा विद्युत् प्राधिकरणलाई भएको क्षति भने करोडभन्दा बढी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*