वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलिय कर्जा उपलब्ध गराइने

हेटौंडा खबर
May 29th, 2022

सरकारले वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फन्ड’ स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराइने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। उनले युवा उद्यमी र वैदेशिक रोजगारवाट फर्केका लागि ब्यालेन्स फन्ड बनाई सहुलियत कर्जा उपलब्ध गराइने  बताए।

वैदेशिक रोजगारीवाट फर्केकाहरुले नेपालमा केही गर्न खोज्दा सरकारले सहयोग नगरेको आरोप लागेको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*