दुर्घटनाग्रस्त अवस्थामा भेटियो बिहानदेखि हराएको जहाज

हेटौंडा खबर
May 29th, 2022

आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएकाे छ।

सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि आगो लागिरहेको छ।

बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*