सवारी लाइसेन्सको सबै आवेदन रद्द, अब नयाँ भर्नुपर्ने

हेटौंडा खबर
May 30th, 2022

यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो ।

अब सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ आवेदन फारम भर्नुपर्ने भएको छ ।

विभागले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेको अनलाइन आवेदनहरू आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि नयाँ आवेदन फारम भर्नुहुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*