ट्विनअटर दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

हेटौंडा खबर
May 30th, 2022

नेपाली काँग्रेसले ट्विनअटर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सोमबार शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेको हुन् ।चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

जहाजमा सवार सबै यात्रुको निधनप्रति भएको छ । काँग्रेसले दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रवक्ता महतले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अबलम्बन गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*