बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि जेठ १८ देखि छलफल

हेटौंडा खबर
May 30th, 2022

बागमती प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार बसेको प्रदेशसभाको छैठौं बैठकमा सरकारको आगामी आथिर्क वर्षको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री पाण्डेले सदनमा टेबुल गरेसँगै नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश प्रमुख शर्मालाई धन्यवाद प्रस्ताव सदनमा पेश गरेकी थिइन् ।सिग्देलले पेश गरेको धन्यवाद प्रस्तावलाई प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले समर्थन गरेका थिए ।

उक्त प्रस्ताव सदनबाट पास भएको छ । प्रदेशसभाको अर्को बैठक आगामी जेठ १८ गते बउक्त बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुनेछ भने भोली सरकारको नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव दर्ता गर्ने समय कायम गरिएको छ ।स्ने गरी स्थगित गरिएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आगामी १८ गते २ बजे प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*