वृद्धाभत्ता एमालेको ब्राण्ड हो : पाण्डे

हेटौंडा खबर
June 1st, 2022

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्धाभत्ता एमालेको ब्राण्ड रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले वृद्धाभत्ताको सम्बन्धमा जुन सरकारले जति गरेपनि त्यसको श्रेय एमालेलाई नै जाने बताए।  ‘वृद्धभत्तामा जतिसुकै गरेपनि एमालेको ब्राण्डजस्तो हो,’ उनले भने, ‘ जे गर्नुस् एमालेकै दाबी हुन्छ, जनताले एमालेलाई ताली ठोक्छन्।’

उनले जनयुद्ध र मेलमिला आयोगमा एमालेको दाबी नपुग्ने बताए । ‘जनयुद्धमा माओवादी र मेलमिलापमा कांग्रेसको दाबी पुग्छ, एमालेको दाबी पुग्ने भनेको वृद्धाभत्ता नै हो,’ उनले भने।

पाण्डेले वृद्धाभत्ता ५ हजार नपुर्याइएकोमा पनि गुनासो व्यक्त गरे  । यद्यपि वृद्धाभत्ताको उमेर ६८ पुर्याएप्रति भने उनले सकारात्मक टिप्पणी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*