मकवानपुर गोल्डकप- क्यामरुनलाई हराउँदै आर्मी पुग्यो फाइनलमा

हेटौंडा खबर
June 11th, 2022

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एभेनिर एफसी क्यामरुनलाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक आजको खेलमा आर्मीले क्यामरुनलाई ११–१० ले पराजित गरेको हो

निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको खेल पुनः ३–३ गोलको बराबरी भएपछी खेल सडनडेथमा धकेलिएको थियो ।

सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भयो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा क्यामरुनको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो ।

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गरे । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।

प्रतियोगिताको फाइनल भिडन्त सोमबार घरेलु टोलि विजय युथ र आर्मी बीच हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*