मकवानपुरको शान्ति सुरक्षा पहिलो प्राथमिकता- एसपी गौतम

हेटौंडा खबर
July 29th, 2022

मकवानपुर प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले मकवानपुरको शान्ति सुरक्षा चुस्त बनाउन आफु हर तरहले लागि पर्ने बताएका छन्

आज जिल्ला प्रहरी कार्यालयमा परिचयात्मक कार्यक्रम गर्दै उनले जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने भन्दै आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् ।  उनले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन गर्ने माथि आफ्नो मुख्य निगरानी रहने बताए  ।

जिल्लामा हुने लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण, कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषयमा आफु प्रतिवद्ध रहेको भन्दै  संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’  भएर आफुलागने उनले बताएका छन् ।