काठमाडौँ–तराईं फास्ट ट्र्याकलाई २२ अर्ब ५० करोड बजेट

हेटौंडा खबर
May 29th, 2023

सरकारले काठमाडौँ–तराईं फास्ट ट्र्याक निर्माणका लागि २२ अर्ब ५० करोड बजेट छुट्याएको छ।

सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।

अर्थमन्त्री महतले वि.सं. २०८३ सम्म फास्ट ट्र्याकको निर्माण सक्ने बताए। बाँकी रहेको ठेक्का आगामी आर्थिक वर्षभित्र सक्ने उनले बताए।