पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

हेटौंडा खबर
June 26th, 2025

खोटाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्।

जन्तेढुंगा गाउँपालिका-६ का राजु राई पक्राउ परेका हुन्।

उनलाई शनिबार राति ११ बजे सोही वडाकै जंगलबाट इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

शनिबार साँझ खेल्दै गरेकी बालिकामाथि राईले जबरजस्ती करणी गरेका थिए। परिवारका सदस्यले खबर गर्नसाथ प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक राजु निरौलाले जानकारी दिए।