रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी...

रुसले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास रोक्यो

पोल्याण्ड र बुल्गेरियाका अधिकारीले रुसले तिनको देशलाई दिइरहेको ग्यास आपूर्ति रोकेको बताएका छन् । रुसको माग बमोजिम पेट्रोलियम पदार्थको मूल्य रुबलमा तिर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिएको हो बताइएको छ । युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर...

भारतबाट विद्युत् आयात शून्य, उद्योगले पाएनन् बिजुली

भारतबाट विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रले बिजुली पाएका छैनन् । अझै केही दिन उद्योगहरूले बिजुली पाउने छैनन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको बिहार क्षेत्रमा प्रसारणलाइन मर्मतका कारण बिजुली आयात हुन सकेको छैन । सोही...

नेपाल एयरलाइन्सको साउदी उडान सुरु

नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ। रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औं वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुुई देश जोडेको हो। नेपाल...

अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्। एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो। उनको एन्टिजेन परीक्षण गरिएको थियो। ह्यारिसले कोरोना भारइसविरूद्ध पूर्ण डोज खोप...

चीनमा पछिल्लाे २४ घन्टामा २ हजार ६६६ जनामा काेराेना सङ्क्रमण, ५१ जनाको ज्यान गयो

चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घन्टामा त्यहाँ दुई हजार ६ सय ६६ जनालाई कोरोना भाइरसका सङ्क्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य  आयोगले जनाएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै शङ्घाईका छन् । शङ्घाईमा दुई हजार चार...

मेसीले लिग वानमा एक खेल गुमाउने

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान मा एन्जर्स विरुद्धको आगामी खेल गुमाउने भएका छन् । लिग लिडर पीएसजीले बुधबार स्टेड रेमन्ड कोपा भ्रमण गर्दैछ । तर त्यसमा मेसी हुने छैनन् ।बायाँ खुट्टाको एचिलिस टेन्डोनको...

भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै

२४ घण्टामा नयाँ संक्रमित २ हजार, सक्रिय संक्रमितको संख्या १२ हजार नाघ्यो, एकै दिन ४० जनाको मृत्यु भारतमा फेरि कोरोना भाइरस संक्रमण निरन्तर बढ्दै छ। पछिल्लो २४ घण्टामा २ हजार ६७ जनामा ​​संक्रमण देखिएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या १२...

दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना संक्रमण

दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो । यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका...

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा भारतमा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। पछिल्लो दिनको तुलनामा यो संख्या १७ प्रतिशतले बढि हो। यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ भने अहिले भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ करोड...