३,८७७ जनामा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण
हेटौंडा खबर
April 20th, 2022
पछिल्लो २४ घण्टामा देशभर १३ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ८७७ वटा नमुना स्वाबको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।
आज ७६ हजार ३७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ


