थाहाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका गोपालीलाई उम्मेदवार बनाउने निर्णय
मकवानपुरको थाहानगरपालिकाको उमपेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका भरत गोपाली उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले गोपालीलाई थाहाको उपमेयरको टिकट दिने निर्णय गरेको हो ।
गोपाली त्यसक्षेत्रमा लामो समयदेखि कांग्रेसका क्रियाशील समेत नेता हुन् । गठबन्धनबाट थाहाको मेयरमा भने माओवादी केन्द्रका विष्णु विष्ट (आदर्श) लाई टिकट दिने निर्णय गरिसकेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहा नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । उक्त निर्वाचनमा गठबन्धनले मेयर र उपमेयर दुबै पदमा निर्वाचित भएका थिए ।


