फिल्म ‘म यस्तो गीत गाउँछु २’ विदेशमा पनि प्रदर्शन हुने

हेटौंडा खबर
April 26th, 2022

अर्को महिनाबाट ‘म यस्तो गीत गाउँछु २’ को अन्तर्राष्ट्रिय प्रदर्शन सुरू हुने भएको छ। यस फिल्मलाई विश्वभर प्रदर्शनका लागि नेपसिनेले जिम्मा लिएको छ।

चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग सम्झौता गरेका हुन्। नेपसिनेले यो चलचित्रलाई विश्वभर वितरण गर्नेछ।

यस फिल्मको प्रदर्शनका लागि अन्य विभिन्न देशबाट पनि कुरा आइरहेको नेपसिनेका नेपाल प्रमुख विधानले जानकारी दिए। कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र चलचित्रको निर्माण टिमसँग सम्पर्क गर्न सकिने समेत उनले बताए।

फिल्मलाई अमेरिका र क्यानडामा नेपसिनेले प्रदर्शन गर्नेछ भने बेलायतमा मिफुरुङ यूथ, यूके मगर एसोसियसनले प्रदर्शनको जिम्मा लिएको छ। यस्तै,अष्ट्रेलियामा चलचित्रलाई नेपाली टचले प्रदर्शन गर्ने जिम्मा लिएको छ। फिल्मको लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र हङकङ रिलिजका  लागि सम्झौता भइसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिए।

गत फागुन १३ गतेबाट रिलिज भएको यस फिल्मले राम्रो व्यापार गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*