भारतमा कोरोना संक्रमणको बढ्दो दर

हेटौंडा खबर
१८ बैशाख २०७९, आईतवार १३:३८

पछिल्लो २४ घण्टामा भारतमा कोरोनका थप ३ हजार ३ सय २४ नयाँ संक्रमित भेटिएका छन् ।

यो अवधिमा २ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ । चौथो लहरको आशंकाबीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन्, जहाँ १ हजार ५ सय २० नयाँ संक्रमण संख्या थपिएका छन् ।

नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । तर यहाँ कोरोनाका कारण मृत्यु हुने १ जना मात्रै रहेको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५ हजार ७ सय १६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*