प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १० कम्पनीको शेयरमूल्य वृद्धि

हेटौंडा खबर
May 4th, 2022

साताको दोस्रो कारोबार दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४८.७३ अंक घटेर २३०७.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३।०६ अंक बढेर २३१०.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १२ स्टकको १ लाख ५८ हजार १३३ रुपैयाँ बराबरको ४३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने बाँकी २ वटाको स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*