भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित
हेटौंडा खबर
२१ बैशाख २०७९, बुधबार १२:३५

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ।
पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ।
मन्त्रालयका अनुसार २ हजार ८०२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो एक दिनमा ३१ जनाको भारतमा संक्रमणका कारण मृत्यु भएको छ।